Ramro Patro Ramro Patro
Date Converter Vegetable Rashifal Gold Silver Forex Unicode Widgets Cards
नेपाली समय बिहान  - २०८२ मंसिर २८ आइतबार, Dec 14, 2025
- ज्यो. देवमणि बस्याल

आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
मित्र तथा हितैषीको सहयोगले कामकाजमा सफलता प्राप्त हुनेछ, मान , पद प्रतिष्ठामा वृद्धि हुनेछ। मनमा उमङ्ग र उत्साहको संचार होला, तर उपरान्ह पछी पेट सम्बन्धी समस्याले सताउला। आजको दिन वृद्धहरुको सेवा गरेमा अझै राम्रो हुनेछ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
स्वास्थमा बाधा आउन सक्छ साबधानी अपनाउनु होला, पशुचौपाया तथा कृषि बाट नोक्सानी हुन सक्छ। शत्रु पक्ष बलवान हुनेछ, मन त्रसित तथा अस्थिर हुनेछ । आजको दिन पिपलमा जल चढाएर शुरु गर्दा राम्रो हुनेछ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
राज्यपक्षबाट सहयोग प्राप्त हुनेछ, इज्जत प्रतिष्ठामा वृद्धि होला धार्मिक कार्यमा संलग्न हुन पाइएला, धन तथा मान प्राप्ति हुनेछ, बैदेसिक यात्राको लागि अवसर आउन सक्छ, व्यापार ब्यबसायका लागि पनि उत्तम समय रहेको छ । आजको दिन शिबजिलाइ बेलपत्र चढाउदा अझै राम्रो हुनेछ ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
गरिरहेको कार्यमा अबरोध आउन सक्छ, खानपान तथा यात्रामा साबधानी अपनाउनु होला, गुप्त शत्रु सक्रिय हुनसक्छन, तर अपरान्ह पछी भने पराक्रम बढ्नेछ। परिवारको साथ् र सहयोगले अघि बढिनेछ। आजको दिन कसैलाई सहयोग गरेमा राम्रो हुनेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
कुनैपनि मुद्दा मामिला तथा दण्ड जरिवाना हुनसक्छ, सरकारी पक्षको असहयोगले कामकाज अधुरै रहलान, मित्रहरु पनि टाढिनेछन्, मानसिक स्थिति कमजोर हुनेछ। आजको दिन कालो काग वा कुकुर लाइ भोजन गराउदा राम्रो हुन्छ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
बैदेसिक रोजगारको अवसर प्राप्त होला पठनपाठन तथा लेखरचना मा मन जानेछ, पुरस्कार तथा उपलब्धि हासिल गर्न सक्नुहुनेछ, शत्रुहरु पराजित हुनेछन। आजको दिन गाईलाई घास खुवाएमा राम्रो हुनेछ ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
धेरै समयदेखि रोकिएको कार्य सफल हुनेछ, रोग तथा शत्रु बाट छुटकारा मिल्नेछ, कुनै नया स्थान को यात्रा हुनसक्छ, नया साधन बाहनको खरिद पनि हुनसक्छ, आजको दिन बिशेष गरि नया सोच मै बित्नेछ, नदि खोला नालामा आज नगएकै राम्रो हुनेछ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
नया विचार तथा योजना बन्न सक्छ। पशुचौपाया बाट लाभ होला, शंतन को प्रगतिले मन हर्षित हुनेछ, रोग र शत्रुहरु नास होलान, काम बिगार्न खोज्नेहरु आफै हराउलान। आजको दिन दुधजन्य पदार्थ सेवन नगरेकै राम्रो हुनेछ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
प्रियजन बाटै धोका हुनसक्छ, धन तथा सम्पतिको नोक्सान होला , ब्यर्थपूर्ण यात्रा होला, मनमा अशान्ति छाउला, तर मध्यान्नपछी भने कुनै कार्यको लागि अवसर आउन सक्छ। आजको दिन पहेला फलफुल बाढेमा अझै राम्रो हुन्छ ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
चोटपटकको भय रहला, धार्मिक तथा सामाजिक क्षेत्रमा सहभागी हुन सकिन्छ, छातीको रोगले सतौना सक्छ, खानपान तथा यात्रामा बिषेस ध्यान दिनुहोला। आजको दिन मध्यान्नपछी भने सुधार हुनेछ। परेवालाइ चाहरा खुवाएमा आजको दिन राम्रो होला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
शुभ समाचर ले मन हर्षित होला, प्रेम क्षेत्र पनि आज सफल देखिनेछ। लामो तथा छोटो दुरीको फलदायी यात्रा होला, आजको दिन भाग्योदय हुने समय छ। मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला। आजको दिन ओम् नम शिवाय मन्त्र को १०८ पटक जप गर्दा अझै राम्रो हुनेछ ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
इस्टमित्र तथा प्रियाजनले शंकाको दृष्टीले हेर्लान, पत्नी तथा पुत्रको असहयोगले मन खिन्न होला, दुखदायी यात्रा होला, अपरान्हपछी सुसमाचरले गर्दा थोरै भएपनि हर्षित हुनेछ। आजको दिन ससाना बालबालिका लाइ मिठाई खुवाएमा राम्रो हुनेछ ।
- ज्यो. देवमणि बस्याल

मंसिर महिनाको मासिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
मनमा हर्ष तथा उमंग आउनेछ, सेवा गर्ने भाव जाग्ला, साथिभाई इष्टमित्र तथा प्रीयजनको साथ र सहयोगले नयाँ कार्यमा थालनी होला शत्रुहरु टाढा होलान् , तर पेट तथा आखा सम्बन्धि रोग लाग्नसक्छ, सावधानी अपनाउनुहोला, छोराछोरीको प्रगतिबाट प्रसंशा मिल्ला, मान्यजनको सहयोग सद्भाव पाउनाले आत्मबल निकै बढ्नेछ, तर कम्मरको दुखाइले भने सताउन सक्छ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ ,खर्च बढ्ने योग भएता पनि उचित ठाउँमा हुनेछ , पुलिस प्रशासनको कारबाहीमा पर्नसक्ने संभावना छ। ॐ नम: शिवाय मन्त्र १०८ पटक जप गरि कार्य सुरु गरेमा सफलता प्राप्त गर्न सकिनेछ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
आर्थिक तथा ब्यवसायिक क्षेत्रमा सुधार होला, मनले इच्छाएका कुराहरु पूरा हुनेछन् , शत्रुमाथी बिजय पाइएला, छाती तथा घाटिमा समस्या आउनसक्छ, होसियार रहनु होला। ब्यापार तथा नोकरीबाट धन आर्जन हुने देखिन्छ, मनमा रहेको शंकाहरु पनि समाधान हुदै जानेछन, रोगबाट मुक्ति पाइएला, अधुरा काम बन्नाले मन हर्षित होला, परिवारजनको सहयोग पाइएला, मान,सम्मान तथा पद प्रतिष्ठा प्राप्ति होला, अधुरा कामहरू सप्पन्न होलान् , अर्थपूर्ण यात्रा होला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
भुमि तथा मातृपक्षबाट कष्ट होला, व्यर्थको तनाव तथा अपयशले मन खिन्न होला,रोकिएका कामकार्यमा झन रुकावट होला,तर बिदेश यात्राका लागि भने अवसर आउनसक्छ, शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला, बिवाह वा पाटिमा सहभागी भइएला, मानसिक तथा शारीरिक पक्ष सबल होला, स्त्री लाभ तथा प्रेम बढ्नेछ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
अध्ययन अध्यापनमा रुचि बढ्ला, पशु तथा चौपायाबाट लाभ होला,सबैको सद्भाव र सहयोगले कामकार्यमा सफलता मिल्ला, बोलीचाली तथा ब्यवहारमा परिवर्तन आउनेछ, मिष्ठान्न भोजनको अवसर मिल्ला, गुप्त धन तथा बिद्या प्राप्त होला, कसैसँग झुट नबोल्नुहोला नत्र फसिएला। तपाईंलाई आफ्नो व्यवसाय तथा पेशामा लाभ होला, गाडी घोडा तथा घर जग्गा किन्ने योग छ , भने शस्त्र तथा शत्रुबाट कष्ट होला , बोल्दा वा काम गर्दा होसियार रहनुहोला।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
धार्मिक तथा आध्यात्मिक क्षेत्रमा प्रगति होला, तर कुनै नयाँ कार्य भने नगरेको राम्रो होला न्याय पक्ष तथा वैदेशिक मार्ग भने अधुरै रहला, तर विभिन्न समस्याको समाधान भने आफै गर्न सकिनेछ । तपाईंको घमण्डको कारण बन्न खोजेको काम पनि बिग्रन सक्छ, नाँचगान, सभा समारोहमा सहभागी भईएला, धन आर्जन हुने योग पनि छ । बात रोगले समस्या बनाउन सक्छ। पारिवारिक खटपटले घरमा बस्न मन नहुनसक्छ,तर पनि आफ्नो धैर्य तथा साहस गुम्ने छैन।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
रचनात्मक कामतिर मन जानेछ, विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग छ, पठनपाठनमा मन जानेछ, अधुरा काम बन्नाले मन प्रशन्न रहनेछ, धन,मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, सामाजिक तथा सास्कृतिक सभा समारोहमा सहभागी भईएला, कुनै पनि स्थानको रमाइलो यात्रा होला। व्यापारिक तथा आर्थिक क्षेत्रमा सुधार होला, शिक्षा क्षेत्रमा प्रगति गरिएला, मनमा सुख सन्तोष प्राप्त होला,दैनिक कार्यहरू सहजै सम्पन्न होलान्।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
बिरोधि तत्वहरु सक्रिय रहलान,नयाँ स्थानको यात्रा नगर्दा राम्रो होला, अनावश्यक खर्चले मनमा अशान्ति होला, आहार बिहारमा बिशेष ध्यान दिनुहोला, पेटमा खराबी आउनसक्छ। मध्यतिर तपाईंको कार्य कुशलता तथा नेतृत्व क्षमता बढ्नेछ, कुनै पनि निर्माण सम्बन्धि कार्यहरू शुभ होला, मनमा चंचलता आउनेछ, र अन्त्यमा झैझगडा तथा अशान्ति होला, व्यापार व्यवसायमा पनि केही हानी होला, शत्रुपक्ष सबल होलान होशियार रहनुहोला।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
दण्ड तथा जरिवाना हुनसक्छ, नगरेको काममा अपयश हुनसक्छ, व्यर्थको भ्रमण होला, बिरोधि तत्वहरु सक्रिय रहलान, मन खिन्न हुनेछ, तपाईंलाई खुट्टा तान्ने हरुको पनि कमि हुनेछैन, शिक्षासम्बन्धि कुनैपनि नयाँ अवसर हरु पनि आउनसक्छ, धार्मिक तथा सामाजिक कार्य गरिएला, घर जग्गाको कारोबार हुनसक्छ, पुत्र तथा पौत्रको आगमन हुनसक्छ,शत्रुको नाश होला, राज्यसुख तथा साहसी बनाउला तपाईंको बिद्धताको चौतर्फी प्रशंसा होला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
शुभ ग्रहको प्रभावले बन्धनमुक्त, शत्रुमाथि बिजय तथा निचबाट सहयोग प्राप्त होला। स्त्री, पुत्र तथा धन लाभ होला, शत्रुहरु कमजोर हुनेछन् । शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रगति गरिएला, कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्छ । अधुरा कामहरू अझै अधुरै रहनेछ, शारीरिक पिडा होला, बिदेश यात्राका अवसरहरु रोकिन सक्छन्।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
लेख रचना तथा काव्य लेखनमा समय बित्नेछ, साहित्यिक कार्यमा लाभ होला, सज्जनको संगतले धनमान तथा यश प्राप्ति गराउला, पुत्र प्राप्तिको योग पनि रहेको छ । कुनै पनि व्यक्तिले फसाउन सक्ला, दुर्जन व्यक्तिहरुको संगतले गर्दा मान, प्रतिष्ठामा आँच आउनसक्छ, काम शक्ति कमजोर हुनाले लज्जित हुनुपर्ला। सोचबिचार गरेर मात्रै निर्णय लिनुहोला, अनावश्यक झैझगडाले तनाव हुनसक्छ, तर धैर्यताले काम लिनुहोला नत्र पछुतो पर्नसक्छ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
भाईबन्धुबाट विवाद गराउला, धननाश तथा शत्रु पक्षबाट कष्ट होला, घाउ तथा चोटपटकको भय रहनेछ, तर पनि धन प्राप्तिको योग रहेकोे छ । भुमिगत सम्पत्ति प्राप्ति तथा चिठ्ठाबाट लाभ होला, वैदेशिक यात्राहरुको पनि अवसर आउनसक्छ, पशु तथा चौपायाको भय रहला, सावधानी अपनाउनु होला। कुनैपनि प्रकारको उच्चपद प्राप्त गराउला, धर्ममा रुचि गराउला, मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, राज्य,पुत्र तथा धनको वृद्धिले समय अनुकुल रहनेछ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
अनेक प्रकारका लाभ हुनेछ,तनमनमा आरोग्यता आउनेछ, मान सम्मान तथा उन्नति गराउला तर निच तथा दुर्जनको सहयोगले कामकाज भने अधुरै रहला। नयाँ बिचार तथा सृजना लिएर आउनेछ , मनमा सेवाको भाव आउला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुनपनी सकिने योग छ । जागिर तथा नोकरीबाट लाभ हुने समय आएको छ , मान, पद , प्रतिष्ठा प्राप्त हुनाले मनमा हर्ष हुनेछ। परिवार तथा इस्टमित्रको सहयोगले कार्यहरु सफल हुनेछन ।
- ज्यो. देवमणि बस्याल

२०८२ सालको बार्षिक राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries
मेष राशि हुनेहरूको लागि २०८२ साल मध्यम रहनेछ। बैशाख महिनामा बृहस्पति तथा केतुको प्रभावले सुखमय रहनेछ। आर्थिक स्थिति सामान्य नै रहनेछ । माङ्गलिक कार्यसम्पादन तथा धार्मिक यात्रा हुने योग रहेको छ। जेठपछि भने बृहस्पति ग्रहले राशि परिवर्तन गर्दा मिश्रित फल प्राप्त हुनेछ । फजुल खर्च बढ्नुका साथसाथै स्वास्थ्यमा पनि समस्या आउन सक्छ। असारबाट राहु शुभ रहनाले नविन कार्यको थालनी हुनसक्छ । शनि ग्रह कमजोर रहनाले विभिन्न झमेलामा फस्न सक्ने सम्भावना रहेको छ। यो साल मेष राशिका लागि ऊर्जावान र परिवर्तनशील रहनेछ। यो वर्ष कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ, तर मेहनत र धैर्यता आवश्यक पर्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ, तर अनावश्यक खर्चबाट बच्नुहोला। स्वास्थ्यमा मौसमी रोगहरूले सताउन सक्छ, त्यसैले खानपान र व्यायाममा ध्यान दिनुहोस्। प्रेम र पारिवारिक जीवनमा सन्तुलन कायम राख्न संवाद महत्त्वपूर्ण हुनेछ । असार, आश्विन, माघ र फागुन महिना आर्थिक दृष्टिकोणले लाभदायक रहेका छन् । रातो रंग को प्रयोग अनि हनुमान र गणेश को पुजा गर्नाले बिशेष लाभ हुने छ ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus
वृष राशिका लागि २०८२ साल स्थिरता र प्रगतिको वर्ष हुनेछ। शनि र राहु ग्रह शुभ रहनाले आर्थिक पक्ष सबल रहनेछ र साथै मुद्दा मामिलामा जित तपाईँको हुनेछ। गुरु ग्रह शुभ रहनाले शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। व्यवसाय र नोकरीमा सफलता मिल्नेछ, तर सहकर्मी वा प्रतिस्पर्धीसँग सावधान रहनुहोला। आर्थिक स्थिति बलियो हुनेछ, तर ठूला लगानी गर्नुअघि राम्रोसँग विचार गर्नुहोस्। स्वास्थ्यमा पेट र तनावसम्बन्धी समस्याहरू देखिन सक्छन्। पारिवारिक जीवन सुखमय रहनेछ। श्रावण, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् । सेतो रंग को प्रयोग गरि शुक्रदेव, माता लक्ष्मी को पुजा गर्नाले बिशेष लाभ हुने छ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini
मिथुन राशि हुनेहरुको लागि २०८२ साल समान्य रहने छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ। नयाँ शिक्षा वा सीप सिक्ने अवसर आउन सक्छ। वैदेशिक रोजगारीबाट मनज्ञ आम्दामी हुनसक्छ । आर्थिक रूपमा मध्यम रहनेछ, बचतमा जोड दिनुहोस्। स्वास्थ्यमा मानसिक तनाव कम गर्न ध्यान र योग लाभदायक हुनेछ। प्रेम र सम्बन्धमा उतारचढाव आउन सक्छ, संयम राख्नुहोला। माङ्गलिक कार्यसम्पादन तथा धार्मिक यात्रा हुने योग रहेको छ। वैशाख, भदौ, मङ्सिर र चैत महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । हरियो रंग अनि बिष्णु भगवान, माता दुर्गा को पुजा गर्नाले बिशेष लाभ हुने छ ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer
कर्कट राशि हुने हरु को लागि २०८२ साल समान्य रहने छ । २०८२ साल भावनात्मक र पारिवारिक दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ। घरमा शुभ कार्यको योग छ। कार्यक्षेत्रमा मेहनतको फल प्राप्त हुनेछ, तर समय व्यवस्थापनमा ध्यान दिनुहोस्। आर्थिक स्थिति राम्रो रहनेछ, तर जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोला। स्वास्थ्यमा पानी र मौसमजन्य रोगबाट सावधान रहनुहोस्। नोकरी क्षेत्रमा अपजस खेप्नुपर्ला । सेतो रंग को प्रयोग अनि चन्द्र देव, शिव देव को पुजा गर्नाले बिशेष फाइदा मिल्ने छ । बैशाख, जेठ्, असोज र पुष महिना आर्थिक दृष्टिले शुभ रहेका छन् ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo
सिंह राशि हुनेहरु को लागि २०८२ साल मध्यम फलदायी रहेको छ । २०८२ साल नेतृत्व र आत्मविश्वासको वर्ष हुनेछ। आर्थिक पक्ष सबल रहनेछ । अढैया शनिका कारण झुटा आरोप लाग्ने मनमा अशान्ति रहन सक्छ। नोकरी वा व्यवसायमा उन्नति हुने सम्भावना छ। आर्थिक लाभका लागि नयाँ योजना बनाउन सकिनेछ। स्वास्थ्यमा उच्च रक्तचाप वा तनावबाट बच्न नियमित व्यायाम गर्नुहोस्। प्रेम र परिवारमा सुमधुर सम्बन्ध रहनेछ। जेठ, असार, कार्तिक र पौष महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । सुन्तला रंग को प्रयोग अनि सुर्य, बिष्णु, राम भगवान को पुजा गर्नाले बिशेष लाभ मिल्ने छ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo
कन्या राशि हुने हरु को लागि २०८२ साल शुभ रहने छ । २०८२ साल मेहनत र व्यवस्थापनको वर्ष हुनेछ। शत्रु नाश हुनेछन् । आयका थप बाटाहरू खुल्नेछन् । कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर तपाईंको लगनशीलताले सफलता दिलाउनेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ। स्वास्थ्यमा पाचन र छालासम्बन्धी समस्याले सताउन सक्छ। परिवारमा सामान्य विवाद हुन सक्छ, धैर्य राख्नुहोला। असार, साउन, मंसिर र फाल्गुन महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । हरियो रंग अनि बिष्णु, दुर्गा भगवान, बुध देव को पुजा गर्नाले राम्रो हुने छ ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra
तुला राशि हुने हरु को लागि बर्ष २०८२ शुभ फलदायी रहने छ । अधुरा कार्यहरू पूरा हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगति रहनेछ । आर्थिक अवस्था मजबुत हुँदै जाला । यो वर्ष सन्तुलन र सामाजिक सक्रियताको वर्ष हुनेछ। नयाँ सम्बन्ध वा साझेदारीबाट लाभ मिल्नेछ। आर्थिक स्थिति सुध्रनेछ, तर खर्चमा नियन्त्रण राख्नुहोस्। स्वास्थ्यमा कम्मर र मृगौलासम्बन्धी समस्याबाट सावधान रहनुहोस्। प्रेम र वैवाहिक जीवनमा मधुरता रहनेछ। श्रावण, भाद्र, पौष र चैत्र महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । सेतो रंग को प्रयोग शुक्र देव अनि लक्ष्मी माता को पुजा गर्नाले राम्रो हुने छ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio
वृश्चिक राशि हुने हरु को लागि २०८२ साल मध्यम फलदायी रहने छ । यो साल परिवर्तन र आत्ममूल्याङ्कनको वर्ष हुनेछ। ग्रहहरू प्रतिकूल रहनाले कामहरू अधुरै रहनेछन् । आर्थिक क्षेत्र त्यति मजबुत नहोला । पठनपाठनमा अवरोध उत्पन्न हुन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक रूपमा जोखिम लिनुभन्दा सुरक्षित बाटो रोज्नुहोला। स्वास्थ्यमा जोर्नी र तनावको समस्या देखिन सक्छ। परिवार र प्रेममा गहिरो समझदारी कायम रहनेछ। बैशाख, भाद्र, आश्विन र माघ महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । रातो रंग र गणेश, हनुमान को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius
धनु राशि हुने हरु को लागि २०८२ साल मध्यम फलदायी रहला । यो वर्ष साहसिक र यात्राको वर्ष हुनेछ। पारिवारिक झमेला शान्त हुँदै जाला । शैक्षिक क्षेत्रमा प्रगति हुँदै जानेछ । नयाँ ठाउँ वा अवसरको खोजीमा सफलता मिल्नेछ। नवीन कार्यको थालनी हुनसक्छ । अढैया शनिको कारण विघ्नबाधा उत्पन्न हुन सक्छ। आर्थिक रूपमा राम्रो रहनेछ, तर बजेट बनाएर चल्नुहोला। स्वास्थ्यमा थकान र आँखाको समस्याबाट बच्नुहोस्। प्रेम र परिवारमा सकारात्मक वातावरण रहनेछ। जेठ, असोज, कार्तिक र फागुन महिना शुभ रहनेछन । पहेंलो रंग र बंगलामुखी को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn
मकर राशि हुने हरु को लागि यो २०८२ बर्ष मध्यम रहने छ । शनि अनुकूल रहनाले यो वर्ष शान्ति समृद्धि छाउला। आफन्त इष्टमित्रको साथ पाइनेछ। नवीन कार्यको थालनी हुनसक्छ । बोल्दा होस् गर्नुपर्ने देखिन्छ। यो साल मेहनत र अनुशासनको फल प्राप्त हुने वर्ष हुनेछ। कार्यक्षेत्रमा पदोन्नति वा सम्मान मिल्न सक्छ। आर्थिक रूपमा स्थिर रहनेछ, तर ठूलो खर्चको योजना बनाउनुहोस्। स्वास्थ्यमा हड्डी र दाँतको समस्याले सताउन सक्छ। परिवारमा सुख र शान्ति कायम रहनेछ। असार, कार्तिक, मंसिर र चैत महिना राम्रो रहने छन । कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius
कुम्भ राशि हुने हरु को लागि २०८२ साल शुभ फलदायी रहनेछ । बौद्धिक क्षेत्रका काम बन्ने छन् । आर्थिक उन्नति हुनेछ भने पठनपाठन पनि राम्रै रहनेछ। स्वास्थ्य राम्रो हुँदै जाला । यो वर्ष नवीनता र सामाजिक कार्यमा रुचिको वर्ष हुनेछ। नयाँ मित्रता वा समूहबाट लाभ मिल्नेछ। आर्थिक उन्नति मध्यम रहनेछ र बचतमा ध्यान दिनुहोस्। स्वास्थ्यमा फोक्सो र श्वाससम्बन्धी समस्याबाट सावधान रहनुहोस्। प्रेम र परिवारमा सन्तुलन कायम रहनेछ। वैशाख, श्रावण, मंसिर र पुस महिना शुभ रहला । कालो रंग र शनिदेव को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces
मीन राशि हुने हरु को लागि २०८२ साल मध्यम रहला । यो वर्ष धनप्राप्ति जग्गा जमिन प्राप्ति तथा बाहन सुविधासमेत प्राप्ति हुन सक्छ। यो साल कल्पना र आध्यात्मिकताको वर्ष हुनेछ। तुरुन्त अरूको विश्वास गर्नाले फसिन सक्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा रचनात्मकताले मान्यता दिलाउनेछ। आर्थिक रूपमा सुधार हुने सम्भावना छ, तर लापरवाही नगर्नुहोला। स्वास्थ्यमा टाउको दुख्ने र अनिद्राको समस्या देखिन सक्छ। प्रेम र परिवारमा भावनात्मक सम्बन्ध बलियो हुनेछ। जेठ, भदौ, पुस र माघ महिना राम्रो रहने छन । पहेंलो रंग र बंगलामुखी माता को पुजा गर्नाले झन् राम्रो हुने देखिन्छ ।

Download Ramro Patro on Your Phone!!!
Get it on Google Play Download on the App Store